भागबण्डा टुङ्ग्याउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

आजभोलि

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।

आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निणर्य लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ । हालसम्मको सहमति अनुसार माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८४ सिट लिने सहमति भएको छ ।

गठबन्धनको बैठक पटक(पटक बसे पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार सप्तरी, पर्सा र कास्कीमा सहमति जुट्न अझै बाँकी छ । केही निर्वाचन क्षेत्रमा दोहोरो दाबेदारी रहेका कारण सहमति जुट्न सकेको छैन ।

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !