कुन्ती पोखरेलको उम्मेदवारीले काठमाडौं २ का जनता उत्साहित

आजभोलि

काठमाडौं । समाजसेवाबाट राजनीतिमा उदीयमान युवा नेतृ हुन् कुन्तीदेवी पोखरेल । काठमाडौंकी स्थानीय वासिन्दा पोखरेल वरिष्ठ समाजसेवी, सफल व्यवसायी तथा कुशल नेतृको परिचित छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत नेतृ पोखरेलले आगमी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी पोखरेल काठमाडौं २ मासर्वसाधारणले लोकप्रिय युवा नेतृको रुपमा चिन्ने गर्दछन् । राप्रपाको भरखरै सम्पन्न महाधिवेशनमा सर्वाधिक मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।

सफल व्यवसायी, वरिष्ठ समाजसेवी र जुझारु युवा नेतृ पोखरेलले काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी छन् । उनको उम्मेदवारीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ का महिला, दलित, जनजाति, उत्पीडित, अल्पसंख्यक, भूमिहीन सुकुम्बासी, जेष्ठनागरिक, विद्यार्थी, युवा, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, व्यापारीलगायत सम्पू तहतप्का, वर्गसमुदायका नागरिकमा उत्साह छाएको छ । युवा नेतृ पोखरेलले असोज २९ गते शनिबारबाट काठमाडौंको पुरानो बानेश्वरस्थित विजयचोकबाट स्थानीयसँग छलफल, भेटघाट र भलाकुशारी गर्दै आफ्नो चुनावी थालेकी छन् ।

पछिल्लो समय गलत दिशातिर उन्मुख राजनीतिमा फरक भिजन र दृष्टिकोणसहित युवा नेतृ पोखरेलको आगमनले नयाँ आयाम ल्याउने स्थानीयहरु बुझाइ छ । युवा नेतृत्व पोखरेललाई काठमाडौं २ बाट तपाईंको उम्मेदवारी के का लागि भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपालमा व्याप्त हत्या, हिंसा, बलात्कार, अन्याय, अत्याचार, अनियमितता, भ्रष्टाचार, कुरीति, कुसंस्कार र राष्ट्रघातविरुद्ध मेरो उम्मेदवारी हो ।’ उनी थप्छिन्, ‘अहिले नेपालमा भ्रष्टाचार र अनियमितता सिमा नाघेको छ, महिला, बालिकाहरु दिनदहाडै बलित्कृत भएका छन् । सरकारी संघ, संस्थाहरु थलालिङ्ग पारिएको छ ।

देशका जल, जंगल र जडीबूटीमा विदेशीले राज गरिरहेको छ । प्रशासनिक संयन्त्रहरु निकम्मा सावित भएका छन् त्यसकाविरुद्ध पनि मेरो उम्मेदवारी हो ।’ भ्रष्टाचारी, बलात्कारी, देशद्रोही तथा मानव बेचबिखनजस्ता जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्ने कानुनी व्यवस्था आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ । त्यसैगरी पोखरेलले धर्मरपेक्षताका नाममा व्यापाक रुपमा विदेशी चलखेल भएकाले सनातन धर्म र मौलिक संस्कृतिको रक्षाका निम्ति कानुन निर्माण गर्न आवाज बुलन्द गर्ने उद्घोष गरेकी छन् । नेपाल जस्तो सानो देश संघीयताका कारण आर्थिक रुपले जर्जर भएकाले त्यसको खारेजीको माग गरेकी छन् ।

राजनीतिक विकृति, विसंगतिका कारण युवा शक्ति रोजगारी र अध्ययनका लागि दिनानुदिन ठूलो संख्या विदेश पलायन भइरहेका छन् । उनीहरुलाई स्वदेशमै युगसुहाउँदो सीपयुक्त प्राविधिक शिक्षा उपलब्ध गराई सिर्जनशील र स्वरोजगारमुखी बनाउने कानुनी व्यवस्था हुनुपर्नेमा नेतृ पोखरेल जोड दिएकी छन् । त्यसैगरी एकल महिला, जेष्ठनागरिक, अपाङ्गगता भएका व्यक्ति र आर्थिक, सामाजिक तथा राजनीतिक रुपले राज्यको पहँुचबाहिर रहेका व्यक्तिलाई पहुँचमा पु¥याई सामाजिक सुरक्षाको प्रत्याभूति ग्यारेन्टी गर्ने कानुनको खाँचो रहेको पनि औल्याएकी छन् ।

त्यसैगरी पोखरेलले काठमाडौं क्षेत्र नं. २ स्थित ऐतिहासिक मठमन्दिर, पुरातात्विक महत्वका सम्पदा र पाटीपौवाको उचित संरक्षण, सम्वद्र्धनका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी केन्द्रसँग जोड्न भूमिका निर्वाह गर्ने बताएकी छन् । त्यस्तै ऐतिहासिक नेवाः समुदायको भेषभुषा, भाषाभाषी, संस्कार, संस्कृति गुठी संस्थाहरुको सम्वद्र्धन गर्दै उचित गर्नुपर्नेमा जोड दिएकी छन् ।

त्यस्तै काठमाडौं २ नम्बर क्षेत्रअन्तर्गत जोरपाटी–साँखु सडकखण्डलगायत विकास निर्माणका अन्य आयोजनाहरु चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन् । त्यसैगरी कोटेश्वर, जडिबुटीहुँदै साँखुसम्मको सडकको उचित मर्मत सम्हारमा विशेष जोड दिने बताएकी छन् । शिक्षा, स्वास्थ्य निःशुल्क गर्न राज्यको दायित्व भएकाले आपूmले त्यसको पहल कदमी गर्ने पनि उनको चुनावी घोषणा¬–पत्रमा उल्लेख छ ।

  • ३० आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !