काठमाडौं । आसन्न मंसिर ४ को आमनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारप्रसार बढाएसँगै काठमाडौं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलको लोकप्रियता ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिका वडा नं. ९ मा गरिएको घरदैलो तथा भेटघाट कार्यक्रममा मतादाताहरुले कुन्तीदेवी पोख्रेल यस क्षेत्रमा अन्यको तुलनामा लोकप्रिय उम्मेदवार भएको बताएका छन् ।
‘अन्य उम्मेदवारहरु बाहिरबाट आएका, पटक–पटक पदमा पुगेर पनि जनताका काम गर्न नसकेका कारण पोख्रेलप्रति जनआकर्षण बढेको हो’, उनीहरुको भनाइ छ । त्यस्तै समाजसेवा र व्यवासयिक सीपमुलक तालिममार्पmत् नेपालीहरुबीच उनले पु¥याएको योगदानका कारण पनि पोख्रेल मतदाताको आँखामा घुम्न सफल भएकी अर्का सहभागीको भनाइ छ ।
उक्त भेटघाटका क्रममा अर्का सहभागीले यस क्षेत्रमा सधैं बाहिरबाट आउने, चुनावका बेला ठूला–ठूला सपना बाँड्ने जितिसकेपछि हराउनेहरुदेखि दिक्क भएकाले पनि यसपटक स्थानीय उम्मेदवार कुन्तीलाई भोट दिने बताए । ‘जनतालाई आवश्यक पर्दा मुख नदेखाउने चुनावका बेला यो गर्छु, त्यो गर्छु भनेर ठूला–ठूला भाषण गर्नेलाई कसले भोट दिन्छ ? त्यसको सट्टामा स्थानीय उम्मेदवार नयाँ अनुहारलाई दिने हो,’ भेटका क्रममा अर्का सहभागी बताउँछन् ।
‘यसअघि पनि धेरैलाई भोट दियौं, उनीहरु देशको प्रधानमन्त्रीदेखि महत्वपूर्ण पदमा पनि पुगे । तर, मलाई भोट दिने जनताको समस्या के छ भनेर एकपटक बुझ्न आएनन् । यसपटक पनि तिनै पुराना अनुहार आएभने भोट नहाल्ने विचार थियो । तर, तपाईं फरक क्षेत्रबाट नयाँ अनुहार आउनुभयो हाम्रो साथ रहन्छ,’ अर्का सहभागीले भने ।
यसरी मतदाताहरुले दिएको प्रतिक्रियामा चासो राख्दै पोख्रेलले भनिन्,‘यसपटक राप्रपाको चुनाव चिन्ह ‘हलो’मा मतदान गरेर मलाई जिताउनुहोस् । जितेको भोलिपल्टदेखि तपाईंहरुको इच्छा, चाहना र भावना अनुसार काम गर्ने छु ।’ उनले थपिन्, ‘अरु चुनाव जितेर दायित्वबाट भागे तर म म चाहीं चुनाव जितौं या हारौं यो क्षेत्रबाट भाग्नेवाला छैन । किन भने मेरो थातथलो यहीं हो । त्यसैले हारेपनि जितेपनि तपाईंहरुकै साथमा हुन्छु ।’