निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

आजभोलि

काठमाडौं ।नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।

कांग्रेस पूर्वउपसभापति एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र समन्वय समितिहरूलाई प्रभावकारी बनाउने निर्णय भएको छ। उनले पाँच दलबीच भएको गठबन्धनलाई सफल बनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए ।

निर्वाचन लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने र सबै जिल्लामा गठबन्धनका उम्मेदवार, नेता, कार्यकर्ताबीच समन्वय गर्न केन्द्रबाट प्रतिनिधिहरू पठाउने श्रेष्ठले बताए । उनले कांग्रेस र गठबन्धनमा आबद्ध दलबीच भएको सहमति कार्यान्वयन गर्नका लागि पार्टीका सबै तहका संयन्त्रलाई परिचालन गरिएको बताए । उनले समितिको सचिवालयसहित विभिन्न उपसमितिलाई अझै प्रभावकारी बनाउने बताए ।

  • १५ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !