मंसिर ४ हाम्रो विजयको ढोका खोल्ने सुनौलो दिन हो : पोख्रेल

आजभोलि

काठमाडौैं । काठमाडौंक्षेत्र नं २ प्रतिनिध सभा सदस्य उम्मेदवार तथा राप्रपा केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले घरदैलो तथा मतदाता घेटघाट कार्यक्रममा आगामी मंसिर ४ गते राप्रपाले विजय हासिल गर्न ढोका खोल्ने सुनौलो दिन भएको बताएकी छिन् । उनले काठमाडौं क्षेत्र नं २ शखंरापुर नगरपालिकाको वडा नं २ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

उनले मतदाता नेता कार्यकर्ताको आम समर्थन बृद्धि भइरहेको र आफूले जित्ने पक्कापक्की भइसकेकाले आगामी मंसिर ४ गते सुनौलो दिन भएको बताएकी हुन् । उनले काठमाडौं क्षेत्र नं २ का जनताले राष्ट्रघाती, देशद्रोही र बलात्कारी तथा अन्या अत्याचारीलाई हराउन आफू सक्षम भएको पनि बताउन भ्याइन् । उनी अगाडि थप्छिन्, उहाँहरु साझासिधा जनता झुक्याउँदै विभिन्न चुनावी क्षेत्र चहार्दै हिड्नुभएको छ ।

चुनावपछि कहाँ पुग्नुहुन्छ थाहा छैन अहिले विभिन्न प्रलोभन देखाउँदै हिड्नुभएको छ । त्यस्ता उधारा आश्वासन र फोस्रा नारामा नअलमलिन आग्रह गर्दछु ।’ अब जनताले आफै सचेत भएर राप्रपालाई ‘हलो’मा भोट हाल्नु पर्ने दिन आएको उनले उल्लेख गरिन् । यतिबेला क्षेत्र नं २ मा आफूले बनाएका योजनाहरुले यहाँका आमाजनताको मन र विश्वास जित्न सफल रहेको उनको बुझाइ छ ।

उनी अगाडि भन्छिन्, ‘अब हामी आफ्नो अधिकारको लागि आफै सचेत हुन आवश्यक छ । त्यसको लागि समयमै बुद्धि पु¥याउनुपर्छ । समय घर्कीसकेपछि पछुताएर केही हुँदैन ।’ त्यसकारण परीक्षामा सही उत्तर लेखियो भने मात्रै राम्रो नतिजा हात लाग्छ, कुन्तीले भनिन् । ‘मंसिर ४ गते सुनौलो दिनको ढोका खुल्ने दिन भएकाले सचेत भएर आफ्नो मतको उपयोग गरौं,’ पोख्रेल सुझाउँछिन् ।

  • २४ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !