मतदाता सूचीमा नाम हुने कैदीबन्दीले भोट हाल्न पाउने

आजभोलि

काठमाडौं । नेपालका विभिन्न जिल्लामा रहेका कारगारमा कुल २७ हजार १९५ जना कैदीबन्दीहरु रहेका छन् । तीमध्ये नेपाली कैदीबन्दीको संख्या २५ हजार ९०६ रहेको कारागारा व्यवस्थापन विभागले जनाएको छ ।

कारागारमा रहेका कुल कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १,४८७ जना महिला रहेका छन् । विभागका अनुसार नेपालमा हाल कैदीको मात्र संख्या १४ हजार ६७८ रहेको छ । कैदीमध्ये १३ हजार ९३० पुरुष छन् भने ७४८ जना महिला रहेका छन् ।

यस्तै नेपालमा हाल कुल थुनुवा (बन्दी) को संख्या १२ हजार ५१७ रहेको छ । थुनुवामध्ये पुरुषको संख्या ११ हजार ७७९ र महिलाको संख्या ७३८ रहेको छ । कारागारमा रहेका नेपाली कैदीबन्दी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन पाउने छन् । उनीहरुलाई मतदानको व्यवस्था मिलाईएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार कारागारमा रहेका कैदीबन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउनेछन् । कैदीबन्दीलाई आयोगले अस्थायी मतदाताको सूचीमा राखेको छ । आयोगले यस्ता अस्थायी मतदातको लागि अस्थायी मतदान केन्द्रको व्यवस्था समेत गरिसकेको छ ।

अस्थायी मतदाताको लागि आयोगले ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरिसकेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरेको छ ।

  • २८ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !