आजदेखि उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता

आजभोलि

काठमाडौं । नेपाल गोजुकाई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण आव मंगलबारदेखि सुरु हुँदैछ ।

वर्ल्ड युनाइटेड मार्सल आर्टस् (उमा)बाट मान्यता प्राप्त गोजुकाई कराँतेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार आज र भोलि दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।

स्मार्ट पार्टी प्यालेस चाबहिलको हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने संघले जनाएको छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ ८-८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !