ब्रेन्टफोर्डसँग लिभरपुल पराजित

आजभोलि

काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ । लिभरपुल १७ खेलमा २८ अंकसहित छैटौं स्थानमा छ । ब्रेन्टफोर्ड भने १७ खेलमा २६ अंकसहित सातौं स्थानमा छ ।

लिभरपुललाई  आगामी सिजन च्याम्पियन्स लिगको टिकट काट्न समेत कठिन हुने देखिएको छ । लिभरपुल चौथो स्थानको युनाइटेडभन्दा चार अंकले पछि छ । युनाइटेडले लिभरपुलभन्दा एक खेल कम खेलेको छ ।

१९औं मिनेटमा लिरभुपुलका इब्राहिमा कानाटेले गरेको आत्मघाती गोलमा ब्रेन्टफोर्डले अग्रता लिएको थियो । ४२औं मिनेटमा योआने विसाको गोलमा ब्रेन्टफोर्डले अफ्नो अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमै २-० ले पछि परेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले रक्षक भर्जिल भान डाइकलाई समेत मैदानबाहिर निकालेका थिए ।

५०औं मिनेटमा एलेक्स अक्सलेड–च्याम्बरलिनको गोलमा योर्गान क्लोपको टोलीले खेलमा फर्कने संकेत गरेको थियो । तर खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्रेयान एमबेउमुले ब्रेन्टफोर्डका लागि तेस्रो गोल गरेसँगै लिभरपुलको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो ।

ब्रेन्टफोर्डले यस सिजन म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पनि हराएको थियो ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !