आज अमेरिकी डलरमा २३ पैसाले वृद्धि, अन्य मुद्राको अवस्था के छ ?

आजभोलि

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा २३ पैसाले वृद्धि भएको छ । यसको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

मंगलबार यसको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६९ पैसा तोकिएको थियो । युरोपियन युरोमा १ रुपैयाँ ४७ पैसाले ओरालो लागेको छ । युरोपियन युरो एकको खरिद १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददरमा १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसामा करोबार भएके थियो ।

अष्ट्रेलियन डलरको खरिदमूल्य ८८ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ३० पैसामा कारोबार भैरहेको छ । मंगलबारको तुलनामा बुधबार अष्ट्रेलियन डलरमा ९६ पैसाले ओरालो लागेको हो ।

साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ३ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १७ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ४० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७ रुपैयाँ १ पैसा, कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ १ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९६ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५५ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !