नेपाल टी-२० : लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित

आजभोलि

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडाैं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।

काठमाडौंलाई पराजित गर्ने क्रममा लुम्बिनीका कुशल भुर्तेल,  इशान पाण्डे र ह्यारी टेक्टरले समान दुई दुई विकेट लिए । काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन जोडेका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !