अष्ट्रेलियन डलरकाे भाउ बढ्यो, अमेरिकी डलरकाे मूल्य घट्याे

आजभोलि

काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा १३ पैसाले ओरालो लागेको छ । यसको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा तोकिएको छ । बुधबार यसको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

युरोपियन युरोमा ६४ पैसाले वृद्धि भएको छ । युरोपियन युरो एकको खरिद १४० रुपैयाँ २७ पैसा र बिक्रीमा १४० रुपैयाँ ९० पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २४ पैसामा कारोबार भैरहेको छ । बुधबारको तुलनामा बिहीबार अष्ट्रेलियन डलरमा १ रुपैयाँ ९४ पैसाले उकालो लागेको हो ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३२ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ४ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४० पैसा र बिक्रीमा १० रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५२ रुपैयाँ २० पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !