२७ पुसभित्र सरकार बनाउन दाबी पेश गर्न लुम्बिनी प्रदेश प्रमुखको आह्वान

आजभोलि

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘निर्वाचन परिणामबाट नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २७ पुस ०७९ बुधबार अपरान्ह ४ :०० बजेभित्र प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्न आह्ववान् गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि विज्ञप्ति प्रकाशन गरिएको छ ।’

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !