अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला फागुन पहिलो सातामा हुँदै

आजभोलि

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा आन्तराष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङगारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले महोत्सव र मेला आयोजना गर्न लागेको हो ।

हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण तीन वर्षदेखि स्थगित थियो । यस पटक भने २ देखि ६ फागुनसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवका बारेमा जानकारी दिन महासंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो क्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभर रहेका ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सयवटा स्टल हुने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने महासंघको अनुमान छ ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !