पोखरामा ८ माघदेखि अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता

आजभोलि

पोखरा। पोखरामा माघ ८ गतेदेखि तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लव महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताको तयारी सुरु भइसकेको जनाएको छ ।

माघ १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ५–५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लबसहित नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी वलको (एपिएफ) क्लव, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका सहभागी हुने छन् ।

महिलातर्फ विदेशी टिम केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारतसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी वलक (एपिएफ) क्लव र न्यू डायमण्ड स्पोर्टस क्लब सहभागी हुनेछन् ।

प्रतियोगितामा दुवैतर्फ विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । अघिललो वर्ष विजेताले २ लाख ५० हजार मात्रै पुरस्कार पाएका थिए । दोश्रो हुनेले २ लाख ५० हजार पाउँदा तेश्रो हुने टिमले १ लाख २५ हजार र सान्त्वना हुने टिमले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ ।

महिला तथा पुरुषतर्फ दुवैतर्फ उत्कृष्ट १–१ खेलाडीले जनही २५–२५ हजार पाउने अध्यक्ष शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १०–१० हजार र ट्रफीसहित प्रदान गरिनेछ ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !