अमेरिकी क्लव आहा रारा गोल्डकपको फाइनलमा

आजभोलि

पोखरा । अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोश्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै अमेरिकी टोली फाइनल प्रवेश गरेको हो ।

बीवाइएससीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता लिएको हो । दोश्रो हाफमा दुवै टीमबाट गोल भएन । अन्ततः बीवाइएससीका रोजिन प्रजापतिको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा ३ मिनेट अतिरिक्त समय थपिएकोमा ४६औं मिनेटमा प्रजापतिले गोल गरेका हुन् । खेलको अन्तिममा चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

अब फाइनलमा बीवाइएससीले संकटालाई पार लगाउनुपर्छ । शनिबार पोखरा रंगशालामा संकटा विरुद्ध उत्रिने छ । संकटाले एपिएफलाई हराएर फाइनल प्रवेश गरेको हो ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !