टेनिस टोली बंगलादेश प्रस्थान

आजभोलि

काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको दक्षिण÷दक्षिण पूर्वी÷पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

९ देखि १९ जनवरीसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज÷गल्र्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा गल्र्समा शिभाली गुरुङ र स्वस्तिका विष्ट रहेका छन् । प्रशिक्षकमा कान्छा खड्गे छन् ।

प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रत्येक राष्ट्रबाट २–२ ब्वाइज÷गल्र्स गरी ४ खेलाडी सहभागी हुन पाउने प्रावधान छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !