गरिबी निवारण गर्न कर्जा प्रदान गर्दै देव दर्शन

आजभोलि

काठमाडौंँ । काठमाडौँ उपत्यकाको पश्चिमी क्षेत्रमा सबैभन्दा वढी सेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारीले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा मुनाफा आर्जन गर्न सफल भएको छ । विसं २०६६ असार ६ गतेदेखि कारोबार थालनी गरेको सो संस्थामा हाल तीन हजारभन्दा बढी सेयर सदस्य आबद्ध छन् भने कुल सम्पत्ति रु एक अर्ब १७ करोड ६५ लाखभन्दा माथि पुगेकोे छ ।

कोभिड सङ्क्रमणबाट उत्पन्न आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, तरलता र ब्याजदरलगायत कारण वित्तीय कारोबार गर्ने संस्थाले सन्तोषजनक उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा पनि संस्थाले सो आवमा रु ९६ लाख २० हजार आठ सय २८ मुनाफा कमाएको संस्थाको १४ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सो आवमा आफ्नो कारोबार रु एक अर्ब १७ करोड ६५ लाख ७४ हजार आठ सय ६८ पु–याएको थियो । आव २०७८/७९ मा सो संस्थाको निक्षेप सङ्कलन रु एक अर्ब छ करोड ५६ लाख २२ हजार र सेयर पुँजी रु चार करोड २७ लाख सात हजार पुगेको जनाइएको छ । प्रतिवेदनमा आव २०७९/८० सेयर पूँजी रु पाँच करोड पु-याउने, निक्षेप सङ्कलन रु एक अर्ब २७ करोड र कर्जा लगानी रु २१ करोड पु–याउने लक्ष्य लिएको उल्लेख छ ।

राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घ काठमाडौँ तथा काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घमा आबद्ध चन्द्रागिरि नगरपालिका–५ स्थित दाउराडिपोमा रहेको सो संस्थाले आफ्ना सेयर सदस्यतलाई रु पाँच हजार सुत्केरी भत्तासमेत प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष रामनारायण घिमिरेका अनुसार निक्षेप सङ्कलनतर्फ नियमित, देव दर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देव दर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् ।

यसैगरी देव दर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, सेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायतका कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ ।

साधारण सदस्यको पुँजी, सदस्यकै हितमा

यसैबीच चन्दागिरि नगरप्रमुख घनश्याम गिरीले संस्थाको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै समृद्ध चन्द्रागिरि बनाउने नगरपालिकाको सपनालाई सार्थक बनाउन सहकारी संस्थाको भूमिका अहम् हुने बताए । नगरउपप्रमुख वसन्ती श्रेष्ठले भनिन्, “आयआर्जन गर्न नगरबाहिर जानुनपर्ने अवस्था सिर्जना गर्न नगरपालिकाले आयआर्जनलाई उत्पादनसंँग जोडेर कार्यक्रम सञ्चालन गर्न लागेको छ । यसका लागि सहुललियत दरमा ऋण प्रवाह गर्ने नीति नगरपालिकाले लिएको छ ।” उनका अनुसार नगर क्षेत्रमा एक सय ७० वित्तीय संस्था छन् । उपप्रमुख श्रेष्ठले नगरपालिकाले रगत र रेबिजविरुद्धको खोप निःशुल्क सुरुआत गरेको जानकारी दिए ।

बागमती प्रदेश, सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले साधारण सदस्यको पुँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले नमूना प्रदर्शन गरेको बताए । उनले भने, “संस्थाले व्यक्ति, व्यक्तिले संस्था नचिनेका कारण सहकारी क्षेत्रमा समस्या देखियो । समस्या हटाउन संस्थाभित्र सुशासन र पारदर्शिता आवश्यक पर्छ । यसका लागि सामूहिक प्रयासको खाँचो हुन्छ ।”

कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले आव २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखा संयोजक विमलविक्रम बानियाँले लेखा प्रतिवदन, उपाध्यक्ष बेलीमैया घले र सञ्चालक समिति सदस्य नानु थापा ९पण्डित०ले संस्थाका गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । सोही कार्यक्रममा गत वर्षको माध्यमिक शिक्षा परीक्षामा सर्वेत्कृष्ट अङ्क प्राप्त गर्ने अर्पिता गौतम र विशाल गोपालीलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । सो अवार्डमा नगद रु पाँच हजारसहित सम्मानपत्र रहेको छ ।

सोही अवसरमा शिक्षा क्षेत्रका उन्ननयनमा अथक योगदान पु¥याएवापत समाजसेवी सुरेन्द्रबहादुर खड्कालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा हरिशरण खत्री र सन्तोष श्रेष्ठलाई नगद रु पाँचहजार सहित ‘उत्कृष्ट कर्मचारी सम्मान’ प्रदान गरिएको थियो भने संस्थाका सदस्य राधा नेपाल, उत्तमराज सिलवाल, सोमे लो, रुकमणि मलामी, सिद्धिलाल महर्जन, दिलबहादुर श्रेष्ठ, राजु महर्जन र कमल सिग्देललाई सम्मान गरिएको थियो ।

चन्द्रागिरि नगरप्रमुख गिरी, उपप्रमुख श्रेष्ठ, रजिष्ट्रार ज्ञवालीे र संस्थाका अध्यक्ष घिमिरेले ती व्यक्तित्वलाई संयुक्तरूपमा सम्मान अर्पण गरेका थिए ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !