प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दावी पेस गर्दै

आजभोलि

विराटनगर। एमालेका हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेस गर्दै छन् ।

संसदीय दलका नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । उक्त समयावधिभित्र कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सांसदको समर्थन रहेको छ ।

प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !