संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई रवि लामिछानेको निर्देशन

आजभोलि

काठमाडौं। संघीय संसदको अधिवेशन सोमबारबाट सुरु हुँदै छ । संसदको अधिवेशन सुरु हुने भएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउँदै आवश्यक निर्देशनसमेत दिएका छन् ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राजनीतिमा लागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यसपटक संसदमा सहभागी भएको छ ।

पार्टी गठन गरेलगत्तै ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसदमा चौथो दलको हैसियत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

सो पार्टीको संसदीय दलको सोमबार बसेको बैठकमा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले जनचासो र जनजीविकको विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

निर्वाचनमार्फत जनताले दिएका जिम्मेवारी, राष्ट्रियहित र स्वाभिमानको विषयमा अडिग रहेर भूमिका खेल्न नेता लामिछानेले निर्देशन दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पनि सांसदलाई भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदमा चौथो शक्तिको रुपमा रहेको छ ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !