काठमाडौं । प्रभु इन्सुरेन्सले ७.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ६.७०% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हाे । साथै, कर प्रयोजनको लागि ०.३५% नगद लाभांश पनि वितरण गर्ने भएको होे ।
नेपाल बीमा प्राधिकरण स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ ।