सेयर बजार निरन्तर उकालोमा

आजभोलि

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेकाे हाे । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ।

आइतबार सेयर बजारमा २०.५५ अंककाे वृद्धि भएकाे थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो ।

सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयाे । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएकाे छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्राेपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।

कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीकाे मूल्य भने स्थिर रहेको छ ।

आज १३ उपसुचकमध्ये होटल तथा पर्यटनबाहेका सबै उपसुचकमा हरियाली छाएको छ

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !