देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खाेलियो : चित्रहादुर केसी

आजभोलि

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।  प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको संख्या बढेपछि देशको अर्थतन्त्र बिग्रिएको बताए ।

‘संघीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए । भयो त त्यस्तो ?,’ उनले भने, ‘ देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदहरूको ।’

देशमा मन्त्री र सांसदहरू धेरै हुँदा अर्थतन्त्रले नधान्ने भन्दै उनले अब संघीयता नटिक्ने दाबी गरे । घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र र संसदीय व्यवस्थाप्रति जनताको निराश बढेको बताए । गणतन्त्रप्रति जोखिम गणतन्त्रका लागि लडेका नेताहरूबाट हुने उनको भनाइ छ ।  द

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !