राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

आजभोलि

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यक्रमअनुसार अगामी माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधलगायत प्रक्रिया पूरा गरी माघ १० गते अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरी दाबी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

माघ १६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने तथा २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !