राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट हिँड्नुपर्छ: अध्यक्ष ओली

आजभोलि

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहमति र सहकार्यको बाटोबाट अघि बढ्नु पर्ने आजको आवश्यकता भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले आफूले राष्ट्रिय सहमतिको सरकार गठनका कुरा भने भनिनहालेको स्पष्ट गरे ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचनका समयमा आम नागरिकसँग गरेको बाचा पूरा गर्न अविचलितरूपमा निरन्तर काम काम गर्ने बताए ।

उनले भने, “जनमतका आधारमा सरकार बनेको छ, अब धेरै राजनीतिक लडाइँ गर्ने होइन, न्युनतम साझा कार्यक्रम बनाएर सरकारले काम गर्छ, जनमतअनुसार चल्छ ।”

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफनो दलले देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए । “विगतमा सदन विघटन भएको पक्षलाई गहन विश्लेषण गरेर मात्र अघि बढनुपर्नेमा त्यो नहुँदा समस्या पैदा हुन्छ कि भन्ने चिन्ता छ”, उनले भने ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !