काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ३० पैसा र बिक्री दर १४० रूपैयाँ ९४ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३८ पैसा र बिक्री दर १६० रूपैयाँ ११ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ १६ पैसा र बिक्री दर १४२ रुपैयाँ ८० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ८४ पैसा र बिक्री दर ९१ रुपैयाँ २५ पैसा रहेको छ ।