बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले लिए शपथ

आजभोलि

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त दुई मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री थापालाई बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो । मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैँले सम्हाल्नु हुनेछ ।

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल धादिङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा १ बाट निर्वाचित छन् । नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ प्रदेशसभा १ र बिनाविभागीय मन्त्री थापा काठमाडौँ क्षेत्र नं ८ प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !