काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा केही मत्वपूर्ण भनाइहरु राखेका छन् ।
नेपालले ‘प्रधानमन्त्रीलाई ख्याल राख्न भन्दै सत्ता गठबन्धन दलका एक नेताले संसद विघटनलाई संबैधानिक हो भनेर व्याख्या गरेको बताए । उनले बेलायत, भारतजस्ता देशहरुको उदाहरण र पुराना सरकार तथा पुराना संविधानगत व्यवस्थाको नजिर सुनाए ।
उनले भनेको यो कुरा खतरनाक छ । वर्तमान गठबन्धनको ध्ये के संसद विघटन गर्नु हो ? यो पुरानो सरकार र पुरानो संविधान हो ? हामी नेपालको संविधानअनुसारको संसदमा छौ कि भारत र बेलायतको संविधानअनुसारको संसदमा छौ ? प्रधानमन्त्रीको यो खतरनाक कुरा हो । उनले आत्मआलोचना गरे । केही सुधार भयो होला भनेको अझै पश्चाताप रहेनछ । संसदमा आएर प्रतिगामी संसद विघटनको कदमलाई बचाउ गर्दै उनी गर्जिए ।’
अहिले देशको अर्थतन्त्र संकटयुक्त छ । संकटयुक्त अर्थतन्त्र सुधारको आधारशिला कृषि क्षेत्र हो । यसको आधुनिकरण अहिलेको आवश्यकता हो । अर्काे भनेको वन, पर्यटन र जलविधुत हुन् । जुन हाम्रो अर्थतन्त्रका लागि ड्राइभर इन्जनका रुपमा रहेका छन् ।
नेपालको विकास निर्माणमा प्रमुख बाधक भ्रष्टाचार बनेको छ । भ्रष्टाचारीको पहिचान र जो सुकै होस कारर्बाहीका लागि सरकारले खुट्टा कमाउनु हुँदैन । राजनीतिक संरक्षणका कारण भ्रष्टाचार बढेको छ । उनले भने, ‘प्रधानमन्त्रीज्यू, दृढ राजनीतिक इन्छाशक्ति राखेर कारर्बाही गर्ने प्रतिबद्धता जाहेर गर्नुहोस् । नत्र काम नगर्ने कुरा मात्रै ठुला गर्ने ‘गफाडीको राज’जस्तै हुन्छ ।’
विश्वासको मत दिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएका १५ बुँदे सुझाव यस्ता छन्ः
१- राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सर्वाेपरि ध्यान दिनुपर्ने ।
२- सन्तुलन परराष्ट्रनीतिः नेपाल कसैको खेल मैदान नबनोस भन्नेमा चनाखो हुनुपर्ने
३ -संविधानको रक्षा, परिपालन र संघियताको कार्यान्वयन ।
४- सुशासनको सुनियोजित्ता
५ -संकटग्रस्त अर्थतन्त्रबाट देशलाई उन्मुक्ति
६- नेपाली नमुनाको समाजवाद
७ -बेरोजगारी समस्या सामधानः देशभरका युवालाई शीप मुलक तालिम
८- जनजीविकाको समस्याः महँगी, कालोबजारी नियन्त्रण
९ -सुसंस्कृत समाजको निर्माण
१०- सबैैखाले भाषा, संस्कृति र धर्मको सम्मान
११ -भौतिक संरचनाको विकास
१२- वातावरण संरक्षणः विशेषगरी चुरे र जलाधर क्षेत्रको संरक्षण
१३ -वैैज्ञानिक शिक्षा र स्वास्थ्य प्रणालीमा सुधार
१४ -कार्यशैलीमा परिवर्तन
१५- समावेशीताको सुनिश्तिा