कर्णाली प्रदेशमा आज मुख्यमन्त्रीको दाबी गर्दै

आजभोलि

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल सुरु भएको छ ।

माओवादीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार अहिले दुई दल बीचमा छलफल सुरु भएको छ । छलफल मन्त्रालय बाँडफाँटको विषयमा केन्द्रीत छ । शीर्ष नेताहरुको बीचमा कर्णाली प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिअनुसार नै छलफल भएको छ । एमालेको तर्फबाट वार्ता तथा छलफल गर्नका लागि दलका नेता यमलाल कंडेललाई मंगलबार नै जिम्मेवारी दिइएको थियो ।

माओवादी स्रोतका अनुसार ४ बजेभित्र नै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न गइसक्ने कार्ययोजना छ । माओवादी र एमालेका गरी २३ जना प्रदेशसभा सदस्यहरू छन् । सरकार बनाउनका लागि २१ जना प्रदेशसभा सदस्य भए पुग्ने अंकगणित  छ ।  एमालले कर्णालीमा आफूलाई आधा कार्यकाल चाहिने माग समेत गरेको छ । माओवादीबाट मुख्यमन्त्रीको उम्मेदवार राजकुमार शर्मा छन्  । उनी माओवादीबाट संसदीय दलको नेता हुन् । एमालेबाट कंडेल दलको नेता रहेका छन् ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !