स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने

आजभोलि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २२ प्रतिशतले हुने रकम ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै, उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५७ प्रतिशतले हुने रकम ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्ताव गरीएको उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ ।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !