बाबुराम गौतम प्रदेश १ को सभामुखमा निर्विरोध निर्वाचित

आजभोलि

विराटनगर। प्रदेश १ को सभामुखमा नेकपा माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुख पदका लागि गौतमको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका ज्येष्ठ सदस्य मण्डलले जानकारी दिए । गौतमको प्रस्तावकमा एमालेका रवतीरमण भण्डारी र समर्थकमा नारायणबहादुर मगर थिए ।

कांग्रेसले सभामुख पदमा उम्मेदवार नउठाउँदा गौतम निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश १ मा शक्ति बाँडफाँटमा माओवादीले सभामुख पाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो ।

प्रदेश १ को पहिलो कार्यकालमा  एमाले  सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बनेका हुन् ।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !