प्रधानमन्त्री दाहाल पोखरा जाँदै

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनी विमान दुर्घटनास्थल पोखरा जान लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

“अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ, बैठकपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ”, उनले भने, “सम्भवत् प्रधानमन्त्री दुर्घटनास्थलमा समेत पुग्नुहुनेछ ।” प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री, नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका उच्च अधिकारी पनि पोखरा जाने बताइएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए । दुर्घटनास्थलबाट हालसम्म २९ जनाको शव निकालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !