गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने

आजभोलि

पोखरा । गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ । संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार पोखरामा आइतबार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो ।

शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ । उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एमालेको २२, माओवादीको ८ राप्रपाको २ मत छ भने कांग्रेसको २७ मत रहेको छ । उता, एकीकृत समाजवादीको १ मत रहेको प्रदेश सभाले आजै उपसभामुख चयन गर्नेछ । गठबन्धनको मत बढी भएकाले एमालेकी थापा चयन हुने लगभग निश्चित छ । यसअघि नै माओवादीका कृष्ण धिताल सभामुख चयन भईसकेका छन । सभामुखको हैसियतमा उनले मत भने हाल्ने छैनन् ।

पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको सभा स्थगित भएको थियो । तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाकाे संबैधानिक बाध्यताका कारण गण्डकीमा उपसभामुख चयन हुन लागेको हो ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !