कर्णालीमा दलिय आडमा ठेक्का लिदै ,अलपत्र पादै

आजभोलि

सुर्खेत । जाजरकोटको जिल्ला भरी विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडी लगाएको ठेक्काको काम अहिले सम्म पुरा नहुँदा जिल्लामा विद्युतीकरणमा समस्य देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५÷ ७६ मा लिएको ठेक्काहरु अहिले सम्मा निर्माण नभएका हुन् ।
एक वर्ष भित्र पुरा गर्ने सम्झौता गरेर सामग्री सहित बुझि अहिले सम्मा काम नगर्दा जिल्लामा विद्युतीकरणको काम अलपत्र परेको हो । प्रदेश कार्यालय र जिल्ला कार्यालयले गरेका छुट्टा , छुटै ठेक्काका कामहरु अहिले सम्मा नहुँदा सर्वसाधारणले विजुली बाल्न पाएका छैनन् । नेपाली कांग्रेस जिल्ला कमिटिका सदस्य शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवा कार्कीगाउँ ७ ले छेडागाड नगरपालिकाको मनघाट देखि सुवाडा सम्म प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले छेडागाड नगरपालिकाको थलह देखि जुनिचाँदे गाउँपालिका सम्मा विद्युतको प्रशारण लाइन जोडनका लागि अर्को ठेक्का समेत  लिएर काम नगरेका हुन ।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति तेजविक्रम शाहको शाइ बाबा एण्ड तारा कन्टक्सन खलंगा– २ ले कुशे गाउँपालिकको पाँचकाटिया देखि खुर्पा समकोट सम्मा प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले  पाँचकाटिया देखि किट्नी नलगाड नगरपालिकाको  प्रशासकीय केन्द्र दल्ली,  दल्लीबाट बारेकोट गाउँपालिकाको सक्ला हुँदै प्रशासकीय केन्द्र लिम्सासम्म र लिम्सा देखि बारेकोटसम्म एक वर्ष भित्र विद्युतको प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए ।

त्यस्तै नेकपा ( माओवादी केन्द्र) का नेता बीरबहादुर बस्नेतको मुक्ति निर्माण सेवा खलंगाले शिवालय देखि नाहाडा सम्मा लिएको ठेक्काको काम समेत हुन सकेको छैन । उनले आर्थिक वर्ष २०७६÷ ७७ मा ठेक्का लिएका थिए । त्यस्तै रमण निर्माण सेवाले लिएको कामको जिम्मेवारी ९५ प्रतिशत सकेको छ । उसले नलगाड नगरपालिका –७ दल्ली देखि वडा नम्वर ११ तल्लु सम्मा प्रशारण लाइनको काम लिएको थियो ।

त्यस्तै  राप्रपाका नेता कृृष्णविक्रम शाह (निर्माण व्यवसायी अध्यक्ष)को डाँफे निर्माण सेवाले थलह देखि टालेगाउँ अछानी सम् विद्युत प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएकोमा काम ९७ प्रतिशत पुरा गरेको छ । विजयश्वारी निर्माण सेवाका प्रमुख नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष गोपाल बटालाकी श्रीमती ( बुद्धीकुमारी श्रेष्ठ) को नाममा रहेको सेवाले आर्थिक वर्ष २०७६÷७७ मा लिएको सुवानाउली  देखि गर्खाकोट  सम्माको ठेक्काको काम समेत आधा भएको छ । आधा काम अझैँ अलपत्र परेको नेपाल विद्युत प्राधिकरण जाजकोटका प्रमुख अविशेक कुमार कलवारले जानकारी दिए ।

कार्यालयले गरेको ताकेता बारे कसैले टेर्देनन

नेपाल विद्युत प्राद्यिकरणले निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई पटक, पटक लिखित, मौखिम जानकारी गराउदा पनि समयका काम गर्ने तर्फ ध्यान कसैले पनि नलिएको पाइएको छ । कार्यालयबाट तार, पोल र अन्य सामग्री बुझेर सम्वन्धित ठाउँमा प्रयोग नगर्दा ति विद्युतीय सामग्रीहरु कुन अवस्था छन् भन्ने कुराको टुंगो समेत लागेको छैन ।

केही बाटोमा जथाभावी फाँकिदा खोला , खाल्सामा पुरिएका र केही खोलाले बगाइसकेको अवस्थामा रहेको छ । सरकारी सम्पती यसरी जथभावी गर्दा पनि ठेकेदारलाई संरक्षण गर्ने नेताहरु कोही पनि बोल्दैनन् । तीन वर्ष अघि जिल्लामा विद्युत सेवा सञ्चालन भइसक्नु पर्ने भएपनि अहिले सम्मा काम पुरा नहुँदा एक चौथाइ समेत विद्युतको पहुँचमा आउन सकेको छैन ।

आर्थिक वर्षमा जाजरकोटमा ग्राहक संख्य समेत थपिएको छ । मोर्क , शिवालय, इवर ,  बुरुङ्गे  , काफलचौर छिप्रेना , रिम्ना , रिसाङ, पोख्रा, लहँ, बाउलीखोला, थहल, मैदे पिपे लगाएतका ठाउँमा बत्ती बल्दा ग्राहक संख्य बढेको प्रमुख कलवारले जानकारी दिए । उनका अनुसार ३ हजार ८२३ बाट ६ हजार २०० ग्राहक संख्या पुगेको छ ।

 

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !