प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

आजभोलि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या पाँच पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् ।

वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने र राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङदेन छन् ।

अझै जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व हुन बाँकी छ । यदि जसपा पनि सरकारमा गए थप एक उपप्रधानमन्त्री बनाउनुपर्ने अवस्था छ ।

गृहमन्त्री रवि लामिछानेले विगतमा आफू सञ्चारकर्मी हुँदा टेलिभिजनमा ठूल्ठूलो स्वरमा धेरै उपप्रधानमन्त्री बनाएर मजाक गरेको भन्दै आपत्ति जनाएका थिए । तर, अहिले उनी आफैं एमाले र माओवादी नेताहरुलाई घुर्की लगाएर उपप्रधानमन्त्री बन्न सफल भएका छन् । विगतमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीको संख्या सात बनाइएको थियो ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !