सुदूरपश्चिम प्रदेश सभामुखमा माओवादीका भण्डारी निर्वाचित

आजभोलि

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् ।

मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेस्रोपटक भएको मतदानमा भण्डारीले २९ मत पाए । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ मत परेको थियो ।

भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक सांसदले मत दिएका थिए । प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत मात्रै पाएका थिए ।

रावललाई कांग्रेसका १९ र एकीकृत समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यले मत दिएका थिए । प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !