सेयर बजारमा ३२.७२ अंकले वृद्धि, तीन अर्बभन्दा बढीको कारोबार

आजभोलि

काठमाडौं । मंगलबार सेयर बजारमा वृद्धि भएको छ  नेप्से परिसूचकमा आज ३२.७२ अंकले उकालो लाग्दा २१८२.११ विन्दुमा आएर रोकिएको छ ।

साथैै, मंगलबार २५० कम्पनीको कारोबार भएको छ । आज एक करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै,आज अपी पावर कम्पनीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, दोश्रोमा माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

ग्रिन भेन्चर्स, आदर्श लघुवित्त वित्तिय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको १० प्रतिशतले मूल्य वृद्धि भएको हो । साथै बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल १६९ कम्पनीमा उकलो लागेको छ भने ३० कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसुचकहरु मध्ये बैंकिङ बाहेका सबै उपसुचकहरूमा हरियाली छाएको छ ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !