घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

आजभोलि

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको मूल्य घटेको छ।

सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँले घटेको हो। अघिल्लो कारोबार दिन प्रतितोला एक सय रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !