चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको पाँच लाख सहयोग

आजभोलि

काठमाडौं । गायक उदितनारायण झा र गायिका दीपानारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा पाँच लाख एक सय एघार रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नो कार्यक्रमको सिलसिलामा नेपाल आएका बेला गायिका झाले मंगलबार उक्त रकम नेपाली चलचित्रकर्मीको हितमा काम गर्ने कोषमा हस्तान्तरण गरेकी हुन् ।
झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही एक लाख एक सय एघार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार एक सय एघार र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार एक सय एघार रुपैयाँ कोषमा प्रदान गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना भएको थियो । कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक बसुन्धरा भुसालले बताइन् । यसको लक्ष्य १० करोडको रहेको उनको भनाइ छ ।

मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहयोग प्रदान गर्ने दीपा झा, दीपकराज गिरी, दीपाश्री निरौला र गीता नेपालको उपस्थिती थियो । साथै, चलचित्र विकास बोर्डका पूर्वअध्यक्षहरु शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राईसहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष  पुस्कर लामा,  बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, चलचित्रकर्मी माधव राज खरेल, गोपाल ढकाल छन्देलगायत उपस्थित थिए ।

गायिका झाले आफ्नो जीवनकालको महत्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । आफूले नेपाली चलचित्रका गीतहरुबाटै उचाई प्राप्त गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरिन्।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !