शाहरुखको भाग्यशाली लामो कपाल

आजभोलि

मुम्बई । बलिउडका मेगा सुपरस्टार शाहरुख खान हालका दिनमा फिल्म ‘पठान’का कारण चर्चामा छन् । यो फिल्ममा शाहरुखको लामो कपाल र सोलिड फिजिकको लुक्स लिएर दर्शकमाझ आउँदैछन् ।

अहिले शाहरुखको लामो हेयर स्टाइलको चर्चा बढी छ । तर कमैलाई थाहा होला कि शाहरुखको लामो हेयरस्टाइल उनका लागि भाग्यशाली सावित हुँदै आएको छ । फिल्म ‘पठान’ अघि पनि उनको लामो हेयर स्टाइल लुक्स सुपरहिट सावित भइसकेको छ ।

डन २

शाहरुख खानको फिल्म ‘डन’को सिक्वेल अर्थात् ‘डन २’ मा उनलाई लामो हेयर लुक्समा प्रस्तुत गरिएको थियो । सन् २०११ मा रिलिज ‘डन २’मा शाहरुखको लामो हेयर लुक्सको तारिफ गरिएको थियो । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो । फिल्मले बक्स अफिसमा एक सय ६ करोड बढी कलेक्सन गरेको थियो ।

ह्याप्पी न्यू इयर

सन् २०१४ मा रिलिज शाहरुखको फिल्म ‘ह्याप्पी न्यू इयर’ पनि यही सूचीमा सामेल छ । यो फिल्ममा शाहरुखले पौनी टेल हेयर स्टाइल बनाएका थिए । लामो कपालको यो लुक्स निकै भाइरल भएको थियो । उनको यो शैलीलाई फ्यानले कपि पनि गरेका थिए । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो । फिल्मले बक्सअफिसमा २ सय ३ करोडको कमाई गरेको थियो ।

‘डन २’ र ‘ह्याप्पी न्यू ईयर’मा शाहरुखको लामो कपालले आफूलाई भाग्यशाली बनाए जस्तै ‘पठान’ पनि भाग्यशाली हुने दाबी उनका फ्यानको छ । फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय छ ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !