नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सुझाव

आजभोलि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षामान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाव दिए ।

वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले ग्रसित रहनुभएका नेता पुनको पुस ३० गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा युवराज शर्माले अहिले उनको स्वास्थ्य उपचार सुधार भए पनि दीर्घकालीन समस्या समाधानका लागि कलेजोको प्रत्यारोपण गर्नुपर्ने बताए ।

“जन्डिसका कारणले उनको कलेजो समस्या देखिएको छ, अरू वैकल्पिक उपचार गरेर कलेजोलाई ठीक पार्न सकिन्छ कि भनेर हामी लागेको छौँ”, उनले भने, “तर कलेजोको कमजोर स्थिति नै आइसकेको हुनाले प्रत्यारोपण गर्नु सबैभन्दा राम्रो हो, यसबारे हामीले उनको परिवारमा छलफलसमेत चलाइसकेका छौँ ।”

डा शर्माले कलेजो प्रत्यारोपण कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा बिरामीसँग छलफल गर्नेसमेत बताए । जन्डिसका कारणले स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिरमा उपचारका लागि उनी चीन गएका थिए । उनको स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’भनिन्छ । चीनमा उपचार गर्नुभन्दा अगाडि गतवर्ष पनि रोगले च्यापेपछि उहाँको थाइल्यान्डमा उपचार गरिएको थियो ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !