निर्यात बढाउने अवस्था सृजना गर्नुपर्छ : कृषिमन्त्री शाह

आजभोलि

पाटन । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिएकी छिन् ।

राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले भनिन्,“हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौँ भनेर गम्भीर ढङ्गले सोच्नु आवश्यक छ ।”

मन्त्री शाहले हरेक जीवजन्तु र बाली संरक्षण गर्ने नीति लिएर सबैलाई समान रुपले संरक्षण गर्नुपर्नेमा जोड दिँदै कृषि तथा पशुपन्छी विकासको कामलाई सकारात्मक रूपमा अगाडि बढाइने बताइन्  ।

मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले हरेक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेर नेपालको कृषि क्षेत्रमा आफ्नो मौलिकता जगाउने काम भएको बताइन्। “नेपालको कृषि क्षेत्रमा ४० प्रतिशतभन्दा बढी जैविक विविधता ह्रास भएर गइसकेको छ, अब पनि हामीले जैविक विविधताको संरक्षण गर्न सकेनौँ भने हाम्रो अगाडि ठूलो चुनौती खडा हुन्छ”, उनले भनिन्।

त्यस्तै,मन्त्रालयका अर्का सचिव डा दीपककुमार खरालले मानव जातिलाई दीर्घकालसम्म सहज बनाउन जैविक विविधताको संरक्षण आवश्यक भएको बताए । “कृषक समुदाय जैविक विविधता संरक्षणको प्रथम विन्दु भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर नीति निर्माण गरी संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने छ”, उनले भनिन्।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीले कृषिमा जैविक विविधताको संरक्षण, प्रवद्र्धनका साथसाथै अधिकतम सदुपयोग गर्नुपर्ने बताइन् ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९का बारेमा, राष्ट्रिय जिन बैंकका प्रमुख डा बालकृष्ण जोशीले जैविक विविधता संरक्षण, अनुसन्धान र विकासमा नार्कद्वारा हासिल उपलब्धिका बारेमा तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक सुवोध खनालले विश्वविद्यालयमा कृषि जैविक विविधता अध्ययन/अध्यापन, अनुसन्धान एवं हासिल उपलब्धिका बारेमा प्रस्तुति दिएका थिए ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !