सुस्मा र हेमाको जित

आजभोलि

काठमाडौं । थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।

महिला ४८ केजीतौलसमूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५-० अंकको आधारमा जितिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका ईन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसंग ५-० अंकको आधारमा जित हासिल गर्दै क्वाटर फाईनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मङ्गोलियनका गन्तुमार लुण्डासँग भिड्ने छन् ।

नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी)  र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरूले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्ने छन् ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !