महिलाको सङ्घर्ष र साहसको कथामा ‘देउराली डाँडी’

आजभोलि

काठमाडौं । वान वल्र्ड थिएटर नेपालसँगको सहकार्यमा तयार भएको नाटक ‘देउराली डाँडी’ को मञ्चन पिङ्गलास्थानको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’मा भइरहेको छ । रङ्गकर्मी सहलेसको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशनमा तयार पारिएको नाटक गुरुङ समुदायमा प्रचलित घाटु नृत्यमा आधारित छ ।

घाटु नृत्य प्रदर्शन गर्ने गाउँको कथा भनिएको सो नाटकमा धेरै वर्षअघि फैलिएको महामारीले गाउँका सम्पूर्ण पुरुष परदेश गएका देखाइएको छ । उजाडिएको देउरालीमा महिलाले गरिरहेको सङ्घर्षकै बीच महामारीको लक्षण पुनः देखापरेपछि वैदेशिक रोजगारीमा जानुपर्ने डरले त्रस्त बनेको वातावरणलाई चित्रण गरिएको छ । सङ्घर्षको अन्तिम समयसम्म महिलाले घाटु नाचको कथा र गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशा नै ‘देउराली डाँडी’ हो ।

दिया मास्के, पशुपति राई, मेनुका प्रधान, बिनिता थापामगर, रञ्जना भट्टराई र सरस्वती चौधरीको अभिनय रहेको नाटक लम्जुङको नाल्मा गाउँमा गरिएको घाटु नाचको अध्ययन–अनुसन्धानको आधारमा बनाइएको निर्देशक स्वाइट्जले जानकारी दिए ।

एक घण्टा ५० मिनेटको उक्त नाटक विदेश जान विमानस्थलमा लाम बसेकाको सपना र विदेशबाट लास बनेर फर्केकाको विपनालाई चित्रण गरिएको छ । हुम बिसीले डिजाइन गरेको देउराली डाँडीको सुकेको रूख र दृश्य परिवर्तनले रङ्गमञ्चको पृष्ठभूमिमा राखिने सेतो र खैरो रङका पर्खाल र गाउँको ढुङ्गे धाराले कथाको भावलाई अथ्र्याएको पाइन्छ । सन्जिता पराजुलीको कस्ट्युममा कलासंस्कृति र पहिचान झल्काउने वेशभूषामा कलाकारहरू स्वभाविक देखिएका छन् ।

रङ्मञ्चको एउटा कुनामा बसेर धुन बजाइरहेका वाद्यवादक चन्द्रकुमार गन्दर्भ र सुबलमणि सापकोटाको मधुर धुन नाटकभर सुनिन्छ । सह–निर्देशक विजया कार्कीका अनुसार यो नाटक माघ १५ गतेसम्म नियमित मञ्चन हुनेछ । ‘नाटकले विदेसिने परम्परामा रहेका पुरुष र महिलाको बाध्यतालाई पनि चित्रण गरेको छ । यसमा घाटु नाच र विदेसिने संस्कृतिले निम्त्याएको अवस्थालाई चित्रण गर्न खोजिएको छ’, सहनिर्देशक कार्कीले भने ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !