प्रधानमन्त्री दाहालद्वारा नेत्री बललाई श्रद्धाञ्जलि

आजभोलि

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य माया बलको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज प्रधानमन्त्रीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । काठमाडौं मेडिकल कलेजमा उपचाररत बलको गए राति निधन भएको थियो । त्रिपन्न वर्षीया बल विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।

सर्लाहीको हरिवन नगरपालिका–९ नयाँरोड घर भएकी बलको स्वास्थ्यमा जटिलता देखिएपछि केही दिन पहिलेदेखि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । दिवङ्गत बल माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा सर्लाही, सिन्धुली, महोत्तरी, रौतहटलगायतका जिल्लाको नेतृत्वमा रहेर काम गरेका थिए ।

नेतृ बलको पति, तीन छोरी र एक छोरा छन् । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि दिइएपछि उहाँको पार्थिव शरीरको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !