गृहमन्त्री लामिछानेले भने: आत्मदाहको निर्णय फेर्न सकेनौँ, दोषी छौँ

आजभोलि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।
नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् ।

आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् ।

यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।  ‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् ।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि उनले उनको मृत्युमा आफू पनि दोषी रहेको बताएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले लेखेका छन् :

एउटा नागरिकले  अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र  पीडाको परिणाम  हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपार्इंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला। तपाईंको आत्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !