सुनको भाउको घट्यो, चाँदी भने स्थिर

आजभोलि

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य १०० रुपैयाँले घटेको हो। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २००  रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । सोही दिन छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !