सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ काराेबार ?

आजभोलि

काठमाडाै‌ं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेकाे छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो।

बुधबार भने तोलामा १०० रुपैयाँले घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेर सुनकाे मूल्यले नयाँ रेकर्ड राखेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।  बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।  बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !