रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

आजभोलि

रुकुम(पूर्व) । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन् । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् ।

सल्यान र रुकुम (पश्चिम)को बिचमा फल्ट हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम(पूर्व)ले जनाएको छ ।

विद्युत् सुचारु गर्न निरन्तर काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रुकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताए ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !