अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण सुरु

आजभोलि

खोटाङ। अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारणलाईनको टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । संखुवासभामा निर्माणाधिन चार सय केभी क्षमताको जलविद्युत आयोजनाको प्रशारणलाईनको टावर निर्माणका लागि साकेला गाउँपालिकामा अधिग्रहण गरिएका जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको हो ।

गत कात्तिक यता साकेला गाउँपालिकाभित्रका ३० जना जग्गाधनीलाई मुआव्जा वितरण गरिसकिएको अरुण तेस्राे जलविद्युत् आयोजनाका खोटाङ साइडअफिसर अमृत कार्कीले बताए ।

साकेला गाउँपालिकामा अरुण तेश्रो जलविद्युत आयोजनाको टावरको फाउण्डेसन रहने स्थानका ९२ कित्ता निजी र चार कित्ता सरकारी जग्गा अधिग्रहण गर्ने निश्चित गरी मुआब्जा वितरण सुरु गरिएको हो । साकेलामा ८० जग्गा धनीलाई मुआव्जा वितरण गरिने साइडअफिसर कार्कीले बताए । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २९ जना, साकेला गाउँपालिका–२ रतन्छाको २० जना, साकेला गाउँपालिका–४ मात्तिमको १२ जना र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङको १९ जनाको जग्गा अधिग्रहण गरेवापत मुआब्जा वितरण गर्ने निश्चित भएको छ ।

संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबर–बथनाहामा जोडिने अरुण तेस्राेको प्रशारणलाईनका लागि साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका करिब ६.४ हेक्टर जग्गा अधिग्रहण हुनेछन् । आयोजनाका लागि साकेला गाउँपालिकाभित्र ३९ वटा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र ४१ टावर निर्माण हुने अरुण तेश्रो जलविद्युत आयोजनाका साईडअफिसले जनाएको छ । टावर वरपरका २३/२३ मिटरभित्रको जग्गा अधिग्रहणको व्यवस्था छ ।

जलविद्युत् आयोजनाको प्रशारणलाईनको रुटमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालयले माघ ७ गते जग्गा प्राप्ती गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । कार्यालयले रुटमा पर्ने जग्गा पूर्ण वा आंशिकरुपमा तथा जग्गामा रहेका घर, गोठ, टहरा लगायतका भौतिक संरचनाका साथै रुख बिरुवा समेत स्थायीरुपमा प्राप्ती गर्नेगरी सुचना प्रकाशित गरेको हो ।

सूचना प्रकाशित भएको मितिदेखि नै प्राप्ति गरिने जग्गा रोक्का रहने भन्दै प्रशासनले उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न नगराउन भनेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका जग्गाधनीलाई मुआब्जा वितरणका लागि मुआब्जा निर्धारणको काम प्रक्रियामा रहेको जनाइएको छ । आयोजनाको प्रशारणलाईनको २७ किलोमिटर खण्ड खोटाङभित्र हुनेछ ।

भारतको सतलज हाइड्रो कम्पनीले ठेक्का लिएको अरुण तेश्रो आयोजना २०७५ वैसाख २८ गते नेपालका तत्कालिन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट शिलान्यास गरेका थिए ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !