उद्योगी र व्यवसायीको बैंकसँग गुनासो: प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल 

आजभोलि

महोत्तरी। बर्दिबासका उद्योगी र व्यवसायीहरुले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरु जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै गएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैंकका प्रतिनिधिसहितको सहभागितामा बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरुले बैंकहरुका कारणले नै व्यापारीहरुलाई आत्मदाहको स्थितिमा पु¥याएको भन्दै चिन्ता व्यक्त गरे ।

धितोको नाममा बैंकले दिने मानसिक तनावले कयौँ युवाहरुले आत्महत्याको बाटो रोज्दै गएको र यसको जिम्मेवार बैंकहरु स्वयंले लिनुपर्ने उनीहरुको भनाइ छ । ७ प्रतिशतमा ब्याजमा लिएको ऋण अहिले १४ प्रतिशतसम्म तिर्नुपर्ने वाध्यताले कयौ व्यापारीहरु व्यापारवाट नै पलायन भइरहेका अन्तरक्रियामा सहभागी उद्योगीहरुले गुनासो गरेका छन् ।

साना तथा मझौला व्यापारीहरुलाई बैंकमा  विभेदपूर्ण व्यवहार हुने भन्दै व्यापारीहरुले आक्रोश समेत ब्यक्त गरे ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले वित्तीय तथा बैंकहरुलाई नाफामुखि बनाउन व्यवसायीहरुकै योगदान भए पनि पछिल्लो समय बनेको  वित्तीय नीतिले व्यवसायप्रति नै निरुत्साहित बनाएको बताए । ‘गभर्नरले चढ्ने गाडीदेखि लिने सम्पूर्ण सुविधा हाम्रै करले भएको छ,’ उनले प्रश्न गरे, ‘फेरि हामीप्रति नै अन्याय ?’

अहिलेको अवस्था अन्त्य नगरे आन्दोलन गर्ने उनले चेतावनी पनि दिए । बैंक व्यवसायीहरुप्रति लचिलो नबन्ने हो भने लिलामीका फाइलहरुको चाङ लाग्ने र लिलाम गर्ने मान्छेसमेत नपाउने परिस्थिति सिर्जना हुने भन्दै उनले बैंकहरु उत्पादनमुखी बन्न सुझाव दिए ।

बैंकको चर्को व्याज र घरभाडाका कारण बर्दिबासमा मात्र ४६ वटा सटर बन्द भएको बताउँदै व्यवसायीहरुले चिन्ता व्यक्त गरे । बैंकले चोरीको घटना बढ्दै गएकाले वित्तीय नियमानुसार सामाजिक क्षेत्रमा खर्चिनुपर्ने पैसा सिसिटीभी जडानमा खर्चिनुपर्ने संघको माग छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले व्यवसायीकै कारणले चलिरहेका बैंकहरुले सामजिक विकासका क्षेत्रमा गर्नुपर्ने जिम्मेवारी सिसिटिभी जडान गरेर सुरक्षित सहर निर्माण गर्नुपर्नेमा जोड दिए ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !